आइतबार राति भएको खेलमा मन्ट्रियल टाइगर्ससँग भ्यानकुभर नाइट्स १० रनले पराजित भएको हो।
काठमाडाैँ– नेपाली टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी र लेग स्पिनर सन्दीप लामिछानेको राम्रो प्रदर्शनका बाबजुद ग्लोबल टी२० क्यानडा २०२४ मा भ्यानकुभर नाइट्स लगातार तेस्रो खेलमा पराजित भएको छ।
आइतबार राति भएको खेलमा मन्ट्रियल टाइगर्ससँग भ्यानकुभर नाइट्स १० रनले पराजित भएको हो। मन्ट्रियल टाइगर्सले दिएको १४५ रनको लक्ष्य पछ्याएको भ्यानकुभर नाइट्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १३४ रन मात्रै बनाउन सक्यो। भ्यानकुभर नाइट्सका रिजा हेन्ड्रिक्सले सर्वाधिक ३४ रन बनाए। ड्वेन प्रिटोरियस ३१ र हर्ष ठाकर १८ रनमा आउट हुँदा दीपेन्द्र ३० र सन्दीप एक रनमा अविजित रहे।
मन्ट्रियल टाइगर्सका आयन अफजल खानले सर्वाधिक तीन विकेट लिए। कलिम सानाले दुई र अजमातुल्लाह उमरजाईले एक विकेट लिए।
त्यसअघि पहिला ब्याटिङ थालेको मन्ट्रियल टाइगर्सले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १४४ रन बनाएको थियो। मन्ट्रियल टाइगर्सका दीलप्ररित बाजवा ३३, अजमातुल्लाह उमरजाई २७, टिम सेफर्ट १६ र क्रिस लिन १० रनमा आउट हुँदा कोर्बिन बोश ३५ र आयन अफजल खान १६ रनमा अविजित रहेका थिए।
भ्यानकुभर नाइट्सका मोहम्मद अमिर र ड्वेन प्रिटोरियसले समान २/२ विकेट तथा जेरेमी गोर्डन र सन्दीप लामिछानेले १/१ विकेट लिए।
भ्यानकुभर नाइट्स यसअघि टोरेन्टो नेसनलसँग आठ विकेट र बंगला टाइगर्स २२ रनले पराजित भएको थियो। मन्ट्रियल टाइगर्सको भने यो लगातार दोस्रो जित हो। उसले बंगला टाइगर्सलाई ३३ रनले पराजित गरेको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
