बनौँ युवा क्लबले विद्यालयमा अध्ययनरत १४५ विद्यार्थीहरूका लागि एक लाख ५० हजार रुपैयाँमा ‘ट्र्याकसुट’ वितरण र ३ लाख बराबरको यातायात व्यवस्था मिलाएको छ।
पर्वत– गत जेठमा सम्पन्न २५ सय ६८औँ बुद्धजयन्ती मेलाबाट संकलित रकमले यहाँको एक विद्यालयका विद्यार्थीलाई पोसाक र यातायात सुविधाको व्यवस्था गरिएको छ।
यहाँको जलजला गाउँपालिका–९ बनौँमा रहेको बनौँ युवा क्लबद्वारा आयोजित मेलाको आम्दानीले स्थानीय बनौँ माध्यमिक विद्यालयका सम्पूर्ण विद्यार्थीलाई पोसाक वितरण गर्नाका साथै निःशुल्क विद्यालय आवजावत गर्न यातायात सुविधा मिलाइएको हो।
बनौँ युवा क्लबले विद्यालयमा अध्ययनरत १४५ जना विद्यार्थीहरूका लागि एक लाख ५० हजार रुपैयाँमा ‘ट्र्याकसुट’ वितरण गरेको क्लबका सचिव लुक पुनले जानकारी दिए। उनका अनुसार गाउँको एकमात्र माविमा रहेका गरिब, विपन्न तथा असहाय परिवारका विद्यार्थीलाई प्रोत्साहनस्वरूप पोसाक वितरण गरिएको हो।
आइतबार बनौँ माविमा एक कार्यक्रम आयोजना गरी पोसाक वितरण गरिएको थियो। कार्यक्रममा जलजला गाउँपालिका–९ का वडाअध्यक्ष गौबहादुर पुनले पोसाक वितरण गरेर क्लबले सामाजिक उत्तरदायित्व बहन गरेको बताए। उनले विद्यालयको विकास र विद्यार्थीको सहजताका लागि यातायातको सुविधा मिलाइएकामा प्रशंसा पनि गरे।
टाढाबाट पढ्न आउने विद्यार्थीलाई नियमित विद्यालय आउजाउ गर्न यातायातको सुविधा क्लबले मिलाएको छ। उक्त सुविधाका लागि चालु आर्थिक वर्षमा तीन लाख रुपैयाँ विनियोजन गरेको छ। गाउँमै सञ्चालित जिप तथा बसलाई वार्षिक तीन लाख रुपैयाँ दिएर नियमित विद्यालय लैजाने व्यवस्था मिलाइएको क्लबका अध्यक्ष राजकुमार पुनले जानकारी दिए।
यो सुविधासँगै टाढाका विद्यार्थीहरू आजैदेखि पैदल हिँडेर विद्यालय जानुपर्ने बाध्यताको अन्त्य भएको छ। अहिले डेढदेखि दुई घण्टा टाढासम्मका विद्यार्थीहरू पैदल हिँडेर पढ्न आउने गरेका छन्। कतिपय विद्यालय नजिकै डेरा लिएर बस्नुपर्ने बाध्यतासमेत रहेको क्लबका अध्यक्ष पुनको भनाइ छ।
बनौँ युवा क्लबले बुद्धजयन्तीका अवसर पारेर गत जेठ १० देखि १९ गतेसम्म मेला सञ्चालन गरेको थियो। उक्त मेलाबाट खर्च कटाएर ११ लाख २५ हजार रुपैयाँ मुनाफा भएको थियो। मुनाफामध्ये ५० हजार रुपैयाँ स्थानीय बनौँ आमा समूहलाई वाद्यवादन सामग्री तथा पोसाक खरिदका लागि सहयोग गरिएको क्लबका सचिव लुक पुनले जानकारी दिए।
मगर समुदायमा आयोजना हुने बुद्धजयन्ती मेलालाई मनोरञ्जन मात्रै नभई सामाजिक सेवामा जोड्न विद्यालयमा सहयोग गरिएको क्लबका अध्यक्ष पुनको भनाइ छ। मेलामा खेलकुदसहितका मनोरञ्जनात्मक कार्यक्रम सञ्चालन गरिएका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
