संसदीय सुनुवाइ समितिमै उनीविरुद्ध यौनहिंसा जस्तो गम्भीर आरोपसहितका उजुरी परेका थिए।
काठमाडौँ– निर्वाचन आयोगको आयुक्तमा प्रस्तावित कृष्णमान प्रधानले आफ्नो नाम फिर्ता लिएका छन्। संसदीय सुनुवाइ समितिबाट अस्वीकृत हुने संकेत पाएपछि प्रधानले नाम फिर्ता लिएका हुन्।
उनले नाम फिर्ता लिएको भन्दै सुनुवाइ समितिमा निवेदन दिएको सचिवालयका एक कर्मचारीले जानकारी दिए। समितिका एक सदस्यले पनि प्रधानले नाम फिर्ता लिएको जानकारी आफूले पनि पाएको बताए।
“नाम फिर्ता लिएपछि नै बिहान बस्ने भनिएको बैठक स्थगित भएर बेलुकी ५ बजेका लागि सरेको थियो,” उनले भने, “औपचारिक जानकारी भई नै हाल्ला, अहिले नाम फिर्ता लिएको भन्ने खबर आएको छ।”
समितिका सबै सदस्यहरू नाम अनुमोदन गर्ने पक्षमा नदेखिएपछि अस्वीकृत हुनुभन्दा आफैँ नाम फिर्ता लिन्छु भन्दै प्रधानले निवेदन दिएको कर्मचारीहरूले बताएका छन्। असार २ गते संवैधानिक परिषद्को बैठकले प्रधानलाई निर्वाचन आयुक्तमा सिफारिस गरेको थियो।
याैन शोषणको आरोप लागेका उनको नाम सिफारिसमै चाैतर्फी विरोध भएको थियो। संसदीय सुनुवाइ समितिमै उनीविरुद्ध यौनहिंसा जस्तो गम्भीर आरोपसहितका चार वटा उजुरी परेका थिए।
यो पनि: प्रधानलाई निर्वाचन आयुक्तमा अस्वीकार गर
सहकर्मीमाथि यौन दुर्व्यवहारमा मुछिएका प्रधानको संसदीय सुनुवाइमा ‘खेल’, १० दिनमा सुनुवाइ नभए स्वतः नियुक्ति
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
