अस्ट्रेलियामा कोभिड–१९ का कारणले हुने मृत्युदर अझै पनि औसतभन्दा बढी रहेको अनुसन्धानले देखाएको छ।
अस्ट्रेलियामा कोभिड–१९ का कारणले हुने मृत्युदर अझै औसतभन्दा बढी रहेको अनुसन्धानले देखाएको छ।
सोमबार सार्वजनिक अनुसन्धान प्रतिवेदनअनुसार विज्ञहरूले कोभिड–१९ को प्रभावको आगामी वर्षमा पनि सामना गर्नुपर्ने प्रक्षेपण गरेका छन्।
‘अस्ट्रेलियन एक्चुरिज इन्स्टिच्युट’को अनुसन्धानले सन् २०२३ मा कोभिड–१९ ले अनुमान गरिएकोभन्दा पाँच प्रतिशत बढी मानिसको मृत्यु भएको पत्ता लगाएको छ।
विज्ञहरूले कोभिड–१९ का कारणले मृत्यु हुने व्यक्तिहरूको संख्या मापन गरी अतिरिक्त मृत्युदर अझै महामारीपूर्वको स्तरभन्दा बढी रहेको जनाएका हुन्।
अनुसन्धानअनुसार मृत्युको नवौँ प्रमुख कारण रहेको कोभिडजन्य संक्रमणबाट गत वर्ष करिब चार हजार ६०० जनाको मृत्यु भएको थियो।
अनुसन्धान प्रतिवेदनमा कोभिड–१९ को नियमित उपचार तथा नियन्त्रण नगरिएको उल्लेख गर्दै कोभिड–१९ लाई उच्च मृत्युदरको सम्भावित कारकका रूपमा उद्धृत गरिएको छ।
विज्ञहरूका अनुसार सन् २०२२ को तुलनामा सन् २०२३ मा अतिरिक्त मृत्युदर भने कम थियो।
हाल अघिल्लो लहरको तुलनामा कोभिड–१९ को संक्रमणबाट कम मृत्यु भएको बताउँदै एक्च्युरी इन्स्टिच्युटकी प्रवक्ता करेन कटरले आगामी वर्षसम्म पनि कोभिड–१९ मृत्युको कारण बन्ने बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
