पेरिस ओलम्पिक : जुडो खेलाडी मनिता बाहिरिन

पेरिस ओलम्पिकअन्तर्गत जुडो खेलमा नेपालकी मनिता श्रेष्ठ प्रधान पहिलो चरणबाट बाहिरिएकी छन्। 

काठमाडौँ– पेरिस ओलम्पिकअन्तर्गत जुडो खेलमा नेपालकी मनिता श्रेष्ठ प्रधान पहिलो चरणबाट बाहिरिएकी छन्। 

मनिता क्याम्प डी मार्स एरिनामा सर्बियन खेलाडी मारिका पेरिसिकसँग पराजित भएसँगै पहिलो चरणबाटै आउट भएकी हुन्। उनले महिला ५७ केजीमुनिमा प्रतिस्पर्धा गरेकी थिइन्।

मनितालाई एक मिनेटमा सर्बियन खेलाडी पेरिसिकले पराजित गरिन्। यो जितसँगै पेरिसिकले अन्तिम १६ को यात्रा तय गरेकी छन्। मनितासँगै पेरिस ओलम्पिकमा नेपालका चार खेलाडीको चुनौती समाप्त भएको छ।

यसअघि टेबल टेनिसका स्यान्टु श्रेष्ठ, सुटिङकी सुस्मिता नेपाल र पौडीकी डुवाना लामा पनि समूह चरणमा बाहिरिएका थिए। पेरिस ओलम्पिकमा नेपालबाट सात खेलाडीले सहभागिता जनाएका छन्।