सरकार गठनबारे विभिन्न विकल्प खुला राखिएको पार्टीका उपाध्यक्ष कृष्णबहादुर महराले बताए।
काठमाडौँ– सत्तारूढ नेकपा माओवादी केन्द्रले सरकार गठनका लागि सबै विकल्प खुला राख्ने निर्णय गरेको छ। शनिबार अपराह्न पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पार्टी पदाधिकारी बैठकमा सरकार गठनका लागि एमालेसहितका दलहरूसँग छलफल गरेर अघि बढ्न सकिने भन्दै विकल्पहरू खुल्ला राख्ने निर्णय गरेको हो।
सरकार गठनबारे विभिन्न विकल्प खुला राखिएको पार्टीका उपाध्यक्ष कृष्णबहादुर महराले बताए। बैठकमा नेताहरूले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको परिणाम अपेक्षाअनुसार नआएको टिप्पणी गरेका थिए।
"अपेक्षा गरिएअनुसार हामीले संघमा सिट हासिल गर्न सकिएन भन्ने समीक्षा भयो। समग्रमा चुनावको सबै परिणाम आएपछि मात्रै गर्ने कुरा गरियो", बैठकपछि सञ्चारकर्मीहरूसँग संक्षिप्त कुरा गर्दै पार्टीका उपाध्यक्ष महराले भने, "दोस्रो, बनाएको गठबन्धन छोड्ने निर्णय गरिएको छैन। र, अन्य अपसन पनि खुला राखिएको छ।"
माओवादी केन्द्रले पार्टी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'लाई प्रधानमन्त्री बनाउन सत्तारूढ गठबन्धनमा दबाब पुग्ने निष्कर्षसहित सरकार गठनका लागि एमालेसहितका अन्य विभिन्न दलहरूसँगको विकल्पलाई पनि खुला राख्ने रणनीति लिएको बताइएको छ। उपाध्यक्ष महराले बैठकमा सत्तारूढ गठबन्धन छोड्ने सोचमा पनि पार्टी नरहेको बताए।
सोमबार अपराह्न २ बजे पनि पदाधिकारी बैठक बोलाइएको र त्यसले निर्वाचनको समग्र विषयमा समीक्षा गरेर अघि बढ्ने निर्णय लिने पार्टीका महासचिव देवप्रसाद गुरुङले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
