संवैधानिक परिषद्ले कृष्णमान प्रधानलाई निर्वाचन आयुक्त पदमा नियुक्तिका लागि प्रस्ताव गरी पठाएको सिफारिस संसदीय सुनुवाइ समितिले अस्वीकृत गरेको छ।
काठमाडौँ– संसदीय सुनुवाइ समितिले कृष्णमान प्रधानलाई निर्वाचन आयुक्त पदमा प्रस्ताव गरी पठाएको सिफारिस अस्वीकृत गरेको छ।
असार २ गते संवैधानिक परिषद्को बैठकले प्रधानलाई निर्वाचन आयुक्तमा सिफारिस गरेको थियो। उक्त निर्णयको पत्र परिषद्ले असार ४ गते संसदीय सुनुवाइ समितिमा पठाएको थियो। संसदीय सुनुवाइ समितिले प्रस्तावित आयुक्तविरुद्ध उजुरीका लागि असार ७ गते आह्वान गरेको थियो।
यौन दुर्व्यवहारको मुद्दा खेपेका व्यक्तिको नाम निर्वाचन आयुक्तमा सिफारिस गरेको भन्दै सरकारको समेत आलोचना भएको थियो।प्रधानविरुद्ध यौन दुर्व्यवहारसँग सम्बन्धित विभिन्न चार वटा उजुरी परेका थिए।
त्यसपछि उनले आयुक्तको पदमा नियुक्तिका लागि आफ्नो उम्मेदवारी कायम राख्न नचाहेको जनाउँदै सोमबार नै निवेदन दिएका थिए। ‘आयुक्त पदमा नियुक्तिका लागि मेरो उम्मेदवारी कायम राख्न नचाहेकोले सम्मानित समितिसमक्ष जानकारीका लागि अनुरोध गर्दै सोअनुसार व्यवस्था हुन सविनय अनुरोध गर्दछु’ भन्ने ब्यहोराको निवेदन पेश गरेका थिए। समितिले सोही निवेदनका आधारमा उनको नाम अस्वीकृत गर्ने निर्णय गरेको हो।
“प्रस्तावित व्यक्ति स्वयंबाट नै निर्वाचन आयुक्तको पदमा नियुक्तिका लागि आफ्नो उम्मेदवारी कायम राख्न नचाहेकोले संघीय संसद्को संयुक्त बैठक र संयुक्त समिति (कार्य सञ्चालन) नियमावली, २०८० को नियम २६ को उपनियम (५) बमोजिम उक्त पदमा नियुक्तिका लागि निजको नाम सर्वसम्मतिबाट अस्वीकृत गर्ने निर्णय गरियो,” समितिको निर्णयमा भनिएको छ।

Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
