बागमती, लुम्बिनी र कर्णाली प्रदेशका प्रमुखलाई हटाउन सिफारिस

सरकारले बागमती, लुम्बिनी र कर्णालीमा नयाँ प्रदेश प्रमुख नियुक्तिका लागि राष्ट्रपतिसमक्ष नाम सिफारिस गरेको छ।

फाइल तस्वीर

काठमाडौँ– सरकारले तीन वटा प्रदेशका प्रमुखलाई पदमुक्त गर्दै नयाँ प्रदेश प्रमुख नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ। 

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले बागमती, लुम्बिनी र कर्णाली प्रदेशका प्रमुखलाई पदमुक्त गर्ने निर्णय गरेको हो। 

बागमतीको प्रमुखमा यादव शर्मा, लुम्बिनीको प्रमुखमा अमिक शेरचन र कर्णालीको प्रमुखमा तिलक परियार थिए। उनीहरूलाई प्रदेश प्रमुखबाट पदमुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरिएको एक मन्त्रीले बताए।

मन्त्रिपरिषद् बैठकले यी प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्ति गर्नका लागि राष्ट्रपतिसमक्ष नाम पनि सिफारिस गरेको छ।

मन्त्रिपरिषद्ले बागमतीमा दीपकप्रकाश देवकोटा, लुम्बिनीमा कृष्णबहादुर घर्ती र कर्णालीमा यज्ञराज जोशीलाई प्रदेश प्रमुखमा नियुक्त गर्न सिफारिस गरेको हो। मन्त्रिपरिषद्को सिफारिसका आधारमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रदेश प्रमुखमा उनीहरूलाई नियुक्त गर्ने छन्।