दुई गाउँमा बसोबास गर्ने गुलाब मिल्लीखेल र मिदगी कुल्ले आदिबासी जनजातिबीचको वर्षाैँ पुरानो जग्गा विवादले हिंसाको रूप लिएको हो।
पाकिस्तानको खैबर पख्तुनख्वाको कुर्रम जिल्लामा दुई सम्प्रदायबीचको जग्गा विवादमा ४३ जनाको मृत्यु भएको छ। यो घटना कुर्रमको पारा चिनारको उपनगर बुशेहराको हो।
यो विवादको केन्द्रमा ३० एकड जग्गाको स्वामित्व रहेको छ। बुसेहराका दुई गाउँमा बसोबास गर्ने गुलाब मिल्लीखेल र मिदगी कुल्ले आदिबासी जनजातिबीचको वर्षाैँ पुरानो जग्गा विवादले हिंसाको रूप लिएको हो। गुलाब मिली खेल मुस्लिमको शिया सम्प्रदाय र मिदागी कुल्ले खेल सुन्नी सम्प्रदायको हो।
स्थानीय अधिकारीहरुका अनुसार ६ दिनअघि शुरू भएको लडाई कुर्रम जिल्लाका विभिन्न क्षेत्रमा फैलिएको थियो। सोमबार बिहान भएको झडपमा कम्तीमा ४३ जनाको मृत्यु भएको छ भने १५० भन्दा बढी घाइते भएका छन्। आइतबार राति भएको झडपमा थप आठ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन्।
अधिकारीहरूका अनुसार मारिनेमध्ये शिया सम्प्रदायका ३५ र सुन्नी सम्प्रदायका ८ जना छन्। आइतबार बुसेहरामा पनि शवको आदानप्रदान भएको थियो, जसमा सुन्नी जनजातिले ११ शव शियाहरूलाई बुझाएका थिए भने शियाहरूले सुन्नीहरूलाई तीन शव सुम्पेका थिए।
कुर्रम जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा मीर हसन जानले बीबीसीलाई बताएअनुसार जुलाई २४ मा झडप शुरू भएदेखि नै अस्पतालमा ३२ शव र २०० भन्दा बढी घाइतेहरू ल्याइएको थियो, जसमध्ये ३२ जनाको उपचार भइरहेको छ गम्भीर घाइते ६ जनालाई थप उपचारका लागि सार्ने तयारी भइरहेको छ।
अधिकारीहरूका अनुसार पाँच दिनको द्वन्द्वपछि बुसेहरामा दुई गुटबीच युद्धविराम भएको छ र मोर्चहरू खाली गरी त्यहाँ प्रहरी, सुरक्षा बल र सेनाका जवानहरू तैनाथ गरिएको छ।
जिल्लाका अन्य धेरै ठाउँमा यी दुई सम्प्रदायबीच गोलाबारी जारी रहेको र स्थानीय प्रशासनले युद्धविरामका लागि पहल गरिरहेका छन्।
हालैको झडपको कारण त्यही जग्गाको टुक्रा हो जसलाई लिएर गत वर्ष जुलाईमा कुर्रममा साम्प्रदायिक द्वन्द्व शुरू भएको थियो, जसमा आधा दर्जनभन्दा बढी व्यक्तिको मृत्यु भएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
