संघीय सरकार र स्थानीय जनप्रतिनिधिको बेवास्ताले खानेपानी आयोजना अलपत्र परेको स्थानीय बताउँछन्।
सिरहा– सिरहाको कल्याणपुर नगरपालिका–१२ तिलासीमा बेल्हा खानेपानी तथा सरसफाइ आयोजनाको काम अलपत्र रहेको छ। पञ्चवर्षीय योजनासहित विसं २०७२ देखि शुरू भएको उक्त खानेपानी आयोजना नौ वर्ष बित्दा पूरा नभएको हो।
पाँच वर्षभित्र १२ सय घरधुरीलाई स्वच्छ खानेपानी खुवाउने लक्ष्यसहित खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय लहानले ६ करोड ५० लाख रुपैयाँमा आयोजना बनाउन शुरू गरेको थियो। कार्यालयले हालसम्म दुई करोडमा दुई बोर्डिङ गाडेर ट्यांकी बनाएर बाँकी काम अलपत्र छाडेको छ।
पाँच वर्षभित्र योजना सम्पन्न गर्ने भनिए तापनि नभएको स्थानीयको गुनासो छ। बेल्हा खानेपानी उपभोक्ता समितिका अध्यक्ष कुशेश्वर ठाकुरले भने समयमै पूर्णता दिन ताकेता गरिरहेको बताए। “डिभिजन कार्यालयमा धाउँदाधाउँदा र हाकिमलाई भन्दाभन्दा थाकिसकेँ,” उपभोक्ता समितिका अध्यक्ष ठाकुरले भने।
साबिकको लहान खानेपानी तथा सरसफाइ डिभिजन पछिल्लो समय समायोजना भएर सप्तरीको राजविराज डिभिजन कार्यालयअन्तर्गत समावेश भइसकेको छ। आर्थिक वर्ष २०७९/८० असार मसान्तमा डिभिजन कार्यालय राजविराजले १९ लाख रुपैयाँको बोर्डिङको पाइप किनेर कार्यालय अगाडि थुपारेर छाडेको छ। त्यो पाइप जडान गर्न त्यसपछि कहिल्यै डिभिजन कार्यालयका कर्मचारी नै पुगेनन्। आर्थिक वर्ष २०८०/८१ म छुट्याएको १७ लाख रुपैयाँ डिभिजनले कामै नगरी ‘फ्रिज’ भएर गएको बताइएको छ।
कल्याणपुर–१२ का वडा अध्यक्ष दिलीपकुमार यादवले भने वडावासीलाई स्वच्छ खानेपानी खुवाउन निरन्तर योजनाबारे सोधीखोजी गरिरहेको बताए। “डिभिजन कार्यालय छुट्याएको खुद्रे बजेटले पनि लापरबाही काम गर्छ,” अध्यक्ष यादवले भने, “यसरी यो आयोजनाले कहिले पूर्णता पाउँदैन।”
सरकार र स्थानीय जनप्रतिनिधिको बेवास्ताले खानेपानी आयोजना अलपत्र परेको स्थानीय बताउँछन्। संघीय सरकारबाट प्रदेशमा हस्तान्तरण भएको आयोजना भएकाले उचित बजेट नदिँदा पूर्णता पाउन नसकेको खानेपानी तथा सरफाइ डिभिजन कार्यालय राजविराजका प्रमुख विश्वनाथ यादवले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
