मंगलबार नेप्से परिसूचक ३५.५५ अंकले बढेर २६९६.६५ को विन्दुमा कायम भएको छ भने १७ अर्ब २६ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
काठमाडौँ– कारोबारको तेस्रो दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अंकले बढेको छ। सोमबार २० अंकको करेक्सन देखिएको नेप्से परिसूचक मंगलबार ३५.५५ अंक अर्थात् १.३३ प्रतिशतले बढेर २६९६.६५ को विन्दुमा कायम भएको हो।
यस दिन ३२९ कम्पनीको चार करोड तीन लाख ७१ हजार ७७८ कित्ता शेयर दुई लाख ६ हजार ६४३ पटक खरिदबिक्री भयो। जसबाट १७ अर्ब २६ करोड ६३ लाख ९१ हजार ५४२ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ।
मंगलबार अघिल्लो दिनको तलुनामा शेयर कारोबार रकम भने घटेको छ। सोमबार नेप्से परिसूचक २०.४६ अंकले घटे पनि कारोबार रकम भने उच्च थियो। सोमबार १९ अर्ब ६० करोड ९१ लाख ७७ हजार १०६ रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो।
मंगलबारको कारोबारमा बैंकिङ ०.७६, म्युचुल फन्ड ०.१४, निर्जीवन बीमा ०.३६ र व्यापार उपसमूहको सूचकांक ०.५७ प्रतिशतले घटेको छ भने अरू सबै समूहको उपसूचक बढेको छ। सबैभन्दा धेरै होटल र पर्यटन समूह ५.९९ प्रतिशतले बढेको छ। त्यस्तै, वित्त समूह ५.९८, अन्य समूह ३.५३, लगानी समूह ३.१५ प्रतिशतले बढेको छ।
मंगलबार आधार दर्जन कम्पनीको शेयर कारोबार सकारात्मक सर्किट स्तरमा भएको छ। सकारात्मक सर्किट लाग्नेमा अधिकांश जलविद्युत् कम्पनी छन्। मंगलबार प्रोग्रेसिभ फाइनान्स, वरुण हाइड्रोपावर, जेन्जेन जलविद्युत्, नेपाल वेयरहाउस, सीईडीभी हाइड्रोपावर, नेपाल फाइनान्सको शेयर कारोबार सकारात्मक सर्किट स्तरमा भएको हो।
एशियन हाइड्रोपावलको शेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ। त्यस्तै, गणपति लघुवित्तको ६.११ र ग्लोबल आईएमई ब्यालेन्स फन्ड-१को ४.७२ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा मंगलबार हिमालयन रिइन्स्योरेन्स, शिवम् सिमेन्ट अगाडि रहे भने कारोबार भएका शेयर संख्याका आधारमा कुमारी बैंकको अगाडि रह्यो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
