बागमतीका मुख्यमन्त्री बहादुरसिं लामा तामाङले विश्वासको मत प्राप्त गरेका छन्। उनले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ६४ मत परेको हो।
काठमाडौँ– बागमतीका मुख्यमन्त्री बहादुरसिं लामा तामाङले विश्वासको मत प्राप्त गरेका छन्।
लामा साउन ८ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए। मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री लामाले मंगलबार प्रदेशसभामा विश्वासको मत प्रस्ताव प्रस्तुत गरेका थिए।मुख्यमन्त्री लामाले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ६४ मत परेको हो।
सभामुख भूवनकुमार पाठकले प्रदेशसभामा उपस्थित १०३ प्रदेशसभा सदस्यमध्ये पक्षमा ६४ मत, विपक्षमा ३५ र तटस्थमा तीन मत परेको जानकारी दिए। बागमती प्रदेशसभा ११० सदस्यीय छ। सात सांसद अनुपस्थित थिए।
विश्वासको मतका पक्षमा सत्ता गठबन्धन दल नेपाली कांग्रेसका ३७ र नेकपा एमालेको २७ गरी जम्मा ६४ प्रदेशसभा सदस्यले मत दिएका हुन्। नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राप्रपाका प्रदेशसभा सदस्यले विपक्षमा मतदान गरे। नेपाल मजदुर किसान पार्टीका तीन जना सांसद भने तटस्थ बसेका हुन्। बैठकमा हाम्रो नेपाली पार्टीको दुई र राप्रपाका पाँच गरी सात सांसद अनुपस्थित रहेका थिए।
प्रदेशसभाको अर्को बैठक साउन १६ गते अपराह्न १ बजे बस्ने छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
