पेरिस ओलम्पिक : पौडीमा नेपालका एलेक्जेन्डरको राष्ट्रिय कीर्तिमान

पौडीमा नेपालीका एलेक्जेन्डर शाहले पेरिस ओलम्पिकको पुरुष १०० मिटर फ्रिस्टाइलमा नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका छन्।

काठमाडौँ– पौडीमा नेपालीका एलेक्जेन्डर शाहले पेरिस ओलम्पिक–२०२४ को पुरुष १०० मिटर फ्रिस्टाइलमा मंगलबार नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका छन्।

फ्रान्सको पेरिस ला डिफेन्स एरिनामा भएको खेलमा निर्धारित दूरी ५१.९१ सेकेन्डमा पूरा गर्दै आफ्नै नाममा रहेको ५२.१७ सेकेन्डको कीर्तिमानमा सुधार गरेका हुन्।

मंगलबार पुरुष एक सय मिटर फ्रि–स्टाइलमा उनले प्रतिस्पर्धा गरेका आठ खेलाडीले प्रतिस्पर्धा गरेको हिट ३ मा उनले ५१.९१ सकेन्डको समय निकालेका हुन्। उनी हिट ३ मा तेस्रो भएका हुन्। सोही स्पर्धामा जम्मा ७९ खेलाडीले भाग लिएका थिए। जसमा एलेक्जेन्डर ५९औँ स्थानमा रहे।

एलेक्जेन्डरसँगै ओलम्पिकमा टेबलटेनिसका श्यान्टु श्रेष्ठ, सुटिङकी सुस्मिता नेपाल, पौडीकी डुवाना लामा र जुडोकी मनिता श्रेष्ठ प्रधान पहिलो चरणबाटै बाहिरिएका छन्।