भारतको केरलामा पहिरोमा परी मृत्यु हुनेको संख्या ९३ पुगेको छ भने १०० जनाभन्दा बढी घाइतेलाई अस्पतालमा भर्ना गरिएको छ।
भारतको केरलामा पहिरोमा परी मृत्यु हुनेको संख्या ९३ पुगेको छ। घाइते भएका १०० जनाभन्दा बढीलाई अस्पतालमा भर्ना गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
केरलाका मुख्यमन्त्री पिनाराई विजयनले पहिरोमा परी ९८ जना बेपत्ता रहेको जनाएका छन्। केरलाको बाइनाड क्षेत्रमा मंगलबार बिहान २–३ बजे पहिरो खसेको हो।
केरला सरकारका वनमन्त्री एके ससिधरनले एनडीआरएफको टोलीले डोरीको सहायताले उद्धार कार्य गरिरहेको बताए। सेनाको टोलीले पनि उद्धारको काम शुरू गरेको उनको भनाइ छ।
कन्नूर डिफेन्स सेक्युरिटी कोर र वायुसेनाका हेलिकप्टर उद्धार कार्यमा कटाइएको छ। यद्यपि, अविरल वर्षाका कारण उद्धारमा कठिनाइ भइरहेको बताइएको छ। मुख्यमन्त्रीको कार्यालयले सेनालाई पहिरो गएको स्थानसम्म पुग्नका लागि अस्थायी पुल निर्माणमा मद्दत गर्न आग्रह गरेको जनाएको छ।
केही दिनयता केरलाका धेरै ठाउँमा भारी वर्षा भइरहेको छ। केरलाको प्रकोप व्यवस्थापन विभागले बाइनाड, कोझिकोड, मलाप्पुरम, कन्नूरमा रेड अलर्ट जारी गरेको छ। केरलाका केही अन्य क्षेत्रमा पनि ‘अरेन्ज’ र ‘एलो अलर्ट’ जारी गरिएको छ। यी क्षेत्रमा २४ घण्टामा २०४ मिलिमिटर वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
विभागले मानिसहरूलाई पहिरोको सम्भावना भएका ठाउँहरूबाट टाढा रहन आग्रह गरेको छ। यहाँ विगतमा पनि ठूलो पहिरो खस्ने गरेको थियो। बाइनाड केरलाको पहाडी क्षेत्र हो र यहाँ ठूलो संख्यामा पर्यटकहरू आउने गर्छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
