कृषि समितिको सभापतिमा कुसुमदेवी थापा निर्विरोध

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा कांग्रेस सांसद कुसुमदेवी थापा निर्विरोध निर्वाचित भएकी छन्।

काठमाडौँ– प्रतिनिसिभाअन्तर्गत कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापति पदमा नेपाली कांग्रेसकी सांसद कुसुमदेवी थापा निर्विरोध निर्वाचित भएकी छन्।

कांग्रेस सांसद वीरबहादुर बलायरको प्रस्ताव र नेकपा एमालेका सांसद सूर्यप्रसाद ढकालको समर्थनमा थापाले सभापतिमा उम्मेदवारी दिएको थिइन्।

विपक्षमा उम्मेदवारी नपरेपछि उनी समितिको सभापतिमा निर्विरोध निर्वाचित भएको ज्येष्ठ सदस्य टेकबहादुर गुरुङले घोषणा गरे। समितिको सभापति डा. आरजु राणा देउवा परराष्ट्रमन्त्री नियुक्त भएपछि सो पद रिक्त हुन पुगेको थियो।

समितिको सभापति पदमा कांग्रेसकी थापाबाहेक अन्य दलबाट कसैको पनि उम्मेदवारी परेको थिएन।