नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उप–कुलपति एवं वरिष्ठ कलाकार हरिहर शर्माले गीत र चलचित्रलाई समान व्यवहार गर्नुपर्ने बताए।
काठमाडौँ- नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति एवं वरिष्ठ कलाकार हरिहर शर्माले कलाका विभिन्न विधालाई एकीकृत गर्नुपर्ने आवश्यकता रहेको बताएका छन्।
नेपाल म्युजिक भिडियो निर्देशक समाजले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाली कलाको क्षेत्रमा अर्को एक नयाँ संस्थाको उदय भएकोमा खुसी व्यक्त गरे। चलचित्र र म्युजिक भिडियोको महत्त्व समान रहेको बताए। उनले गीत नभई चलचित्र पूर्ण हुन नसक्ने भन्दै गीत र चलचित्रलाई समान व्यवहार गर्नुपर्ने बताए।
शर्माले म्युजिक भिडियोको महत्त्व दर्शाउँदै भने, "सानो होस् या ठूलो चलचित्र होस् वा म्युजिक भिडियो होस् यी सबैको उत्तिकै महत्त्व छ। यदि हामीले चलचित्रबाट गीतलाई अलग्गै निकाल्ने हो भने त्यो गीतलाई म्युजिक भिडियोको रूपमा हेर्न सकिन्छ। तसर्थ हामीले यसबारेमा गम्भीर भएर सोच्नुपर्छ, प्रस्तुति कलाका सबै माध्यमको उद्देश्य आफ्नो कथा भन्ने हो, यसमा जुन जुन विधाहरू छन् सामूहिक रूपमा काम गर्नुपर्छ। यी सबै एकअर्कामा अन्योन्याश्रित छन्। अलग-अलग बाटो हिँड्यो भने स्थायित्व पाउन असम्भव हुन्छ।"
त्यस्तै, समाजका अध्यक्ष विधान कार्कीले नेपाली म्युजिक भिडियो निर्देशकहरूको परिचय र पहिचान स्थापित गर्दै उनीहरूका हकहितका लागि काम गर्ने उद्देश्यका साथ संस्थाको स्थापना भएको बताए। उनले म्युजिक भिडियोलाई राज्यबाट पहिचान दिलाई संस्थागत गर्ने काममा संस्था लागिरहेको बताए।
कार्यक्रममा कलाकार संघका अध्यक्ष रवीन्द्र खड्काले अहिले एउटा चलचित्रकर्मीले बनाएको फिल्ममा अर्कोले खुट्टा तान्ने काम भइरहेको बताए। उनले प्रेमगीत ३ टिमले खर्च गरे अनुसारको लगानी उठाउन चलचित्र विकास बोर्डले ल्याएको करको नीतिले मारमा पर्यौँ भन्ने आग्रह कुनै संघसंस्थामा गरेको खण्डमा यस्ता अफवाह नफैलिने बताए। उनले प्रेमगीत टिमले कुनै आग्रहबिना नै चलचित्र विकास बोर्डका अध्यक्षमाथि आरोप लगाएको बताए।
नेपाल म्युजिक भिडियो निर्देशक समाजले नेपाली म्युजिक भिडियो क्षेत्रमा विशिष्ट योगदान पुर्याउने तीन जना निर्देशकलाई सो अवसरमा सम्मान प्रदान गरेको थियो। वरिष्ठ म्युजिक भिडियो निर्देशकत्रय सहेन्द्र श्रेष्ठ, प्रकाश भट्ट र संगीता श्रेष्ठलाई म्युजिक भिडियोको क्षेत्रमा पुर्याएको योगदान स्वरूप विशिष्ट सम्मान गरिएको थियो।
समाजका संरक्षक बाबुराजा केसी ‘उज्ज्वल’ तथा सल्लाहकारहरू वरिष्ठ गायक, संगीतकार, गीतकार, चलचित्र लेखक तथा निर्देशक नारायण रायमाझी, नेपाली गीतसंगीत तथा चलचित्रका डिजिटल प्रवर्द्धक ओम प्रकाश अग्रवाल, चर्चित निर्देशक एवं कोरियोग्राफर शिव विक र प्रेस सल्लाहकार जीवन पराजुलीलाई प्रमाणपत्र प्रदान गरिएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
