ललितपुर महानगरपालिका–२ सानेपा, वडा नं ९ च्यासल, वडा नं ९ शंखमुल, वडा नं १ कुपण्डोल, महालक्ष्मी नगरपालिका–७ चाँगाथलीलगायत क्षेत्रमा बाढी पसेको छ।
पाटन– अविरल वर्षाका कारण ललितपुरका विभिन्न स्थान डुबानमा परेका छन्। मंगलबार रातिको वर्षाका कारण ललितपुर महानगरपालिका–९ स्थित नेकपा एमालेको कार्यालय र च्यासल फुटबल मैदान जलमग्न भएको छ।
डुबानमा परेका क्षेत्रमा उद्धारका लागि राति १ बजेदेखि प्रहरी परिचालन गरेको ललितपुर प्रहरी परिसरका सूचना अधिकारी नरेशराज सुवेदीले बताए। “बाढीको चपेटामा परेका तीन बालक, आठ महिला र १३ पुरुष गरी विभिन्न स्थानबाट २४ जनाको उद्धार भएको छ, अझै उद्धारको काम जारी छ,” उनले भने।
ललितपुर महानगरपालिका–२ सानेपा, वडा नं ९ शंखमुल, वडा नं १ कुपण्डोल, महालक्ष्मी नगरपालिका–७ चाँगाथलीलगायत क्षेत्रमा बाढी पसेको छ। महालक्ष्मी नगरपालिका–९ लाकुरीभञ्ज्याङको सिस्नेखर्कमा पहिरो खस्दा काभ्रेपलान्चोकतर्फ जाने सडक अवरुद्ध भएको छ। बाढीका कारण गोदावरी नगरपालिका–१ दमाइटार सातथलीमा खड्कनन्द दाहालले सञ्चालन गरेको फार्मका ४०० कुखुरा मरेका छन्। बाढीकै कारण महालक्ष्मी नगरपालिका–८ लुभुको तल्लो चौतारास्थित पिपलको बोट ढलेर सडक अवरुद्ध भएको छ।
यसैगरी, पहिरोले बागमती गाउँपालिका–३ पांदुरडोल र टार्कुचेमा पहिरो खस्दा कान्तिलोकमार्ग पूर्ण रूपमा अवरुद्ध भट्टेडाँडा प्रहरी चौकीका प्रमुख उद्धव महतले जानकारी दिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
