प्युठानको २२ हजार हेक्टर खेतीयोग्य भूमिमध्ये ६ हजार ५७५ हेक्टरमा धानखेती हुँदै आएको छ। गत वर्ष जिल्लामा २१ हजार ९६७ मेट्रिक टन धान उत्पादन भएको थियो।
स्वर्गद्वारी– प्युठानको माण्डवी गाउँपालिका–५ छापका ठाकुर घर्तीमगरलाई चैतेधान भित्र्याउने चटारो छ। चार रोपनीमा लगाएको धान भित्र्याउन उहाँलाई भ्याइनभ्याइ छ।
“तीन बाली लगाउँदा अन्न वर्ष दिन पुग्ने र केही बीउ बिक्री हुने हुँदा एउटै खेतबाट आम्दानीको स्रोत थपिएको छ,” किसान घर्तीमगरले भने। परम्परागत धानको बीउलाई त्यागेर उन्नत जातको धान रोप्दा उत्पादन वृद्धि हुनुका साथै बीउको बिक्रीबाट आम्दानीमा बढेपछि चैतेधान लगाउन थालेको उनको भनाइ छ।
घर्तीमगरजस्तै माण्डवी गाउँपालिका–५ का ९४ किसानले ६५० रोपनीभन्दा बढी खेतमा यस वर्ष चैतेधान लगाएका छन्। कतिपय किसानले भित्र्याइसकेका छन् भने कोही भित्र्याउने तयारीमा छन्। धान भित्र्याएका खेतमा बर्खेधान रोप्न बीउ तयार भइसकेको छ।
जिल्लामा प्युठान नगरपालिकाको झिमरुक फाँट, ऐरावती गाउँपालिकाको गोठिवाङ, सरङबेँसी, डाबरा फाँट, माण्डवी गाउँपालिकाको रुद्रपुर फाँट, मल्लरानी गाउँपालिका छापेखोलाका फाँट र स्वर्गद्धारी नगरपालिका केही स्थानमा चैतेधान हुँदै आएको छ।
धानको उत्पादन र उत्पादकत्व बढाउन काम गर्दै आएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ प्युठानले चैते धानखेतीको प्रवर्द्धन गर्दै आएको छ। किसानलाई जमिन बाँझो नराख्न प्रोत्साहन गरी उत्पादनमा जोड दिइएको परियोजनाप्रमुख चुमान गिरीले बताए।
गत वर्ष एक हजार ३५० रोपनीमा चैतेधान लगाइएको थियो भने यो वर्ष दुई हजार ६०० रोपनीमा खेती भएको छ। परियोजनाप्रमुख गिरीका अनुसार जिल्लामा परम्परागत रूपमा धेरै फाँटमा चैतेधान रोपिए पनि पछिल्लो समय यो ४०० रोपनीमा सीमित थियो।
प्युठानको २२ हजार हेक्टर खेतीयोग्य भूमिमध्ये ६ हजार ५७५ हेक्टरमा धानखेती हुँदै आएको छ। गत वर्ष जिल्लामा २१ हजार ९६७ मेट्रिक टन धान उत्पादन भएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
