रातभरको वर्षाले हनुमन्ते र आसपासका सहायक खोला उर्लिँदा आसपासका अस्पताल, विद्यालय, बस्ती, उद्योग, कलकारखाना जलमग्न भएका छन्।
भक्तपुर– अविरल वर्षासँगै हनुमन्ते खोलामा आएको बाढीका कारण भक्तपुरका विभिन्न स्थान प्रभावित भएका छन्। मध्यपुरथिमि नगरपालिका‐५ राधेराधे, संगम कोलोनी, कमेरोटार जग्गा एकीकरण आयोजना भित्रको तल्लो क्षेत्रका बासिन्दा रातिदेखि नै बाढीबाट प्रभावित भए। बस्तीभित्र बाढी पसेपछि सुरक्षित स्थानमा घरका सामान सार्ने र आफ्ना सवारीसाधन उच्च स्थानमा सार्न मै उनीहरू व्यस्त रहे।
भूमिगत पसल तथा साना उद्योगमा सामान हेर्दाहेर्दै डुबेको स्थानीयले बताएका छन्। कसैले आफ्ना सामान जोगाए भने कयौँका बगेका छन्। कमेरोटार जग्गा एकीकरण आयोजना र मध्यपुरथिमि नगरपालिकाको लापरबाहीका कारण समस्या भएको हो।
रातभरको वर्षाले हनुमन्ते र आसपासका सहायक खोला उर्लिँदा आसपासका अस्पताल, विद्यालय, बस्ती, उद्योग, कलकारखाना जलमग्न मात्र भएका छैनन्। त्यहाँ लाखौँको क्षति भएको प्रभावित परिवारले बताएका छन्।
सूर्यविनायक नगरपालिका क्षेत्रका बालकोटबाट सिरुटारसम्मका ७० भन्दा बढी घर डुबानमा परेका छन्। हनुमन्तेको बाढी बालकोट पुल हुँदै बस्तीमा पसेपछि मेरिगोल्ड स्कुल, आसपासका बस्ती डुबानमा पर्नुका साथै बिहानदेखि ९ बजेसम्म बालकोट सडक अवरुद्ध भएको छ। सडकबाट भेल बगेपछि बाटामात्र बन्द भएका छैनन् यहाँका विद्यालय बन्द भएका छन्। बालकोटको माइक्रोबस पार्क क्षेत्रका बस्ती डुबानमा परेको छ।
बालकोट क्षेत्रबाट राति १ बजेदेखि स्थानीयको उद्धारमा खटिएको प्रहरी र स्थानीयले ५० जनाभन्दा बढीको उद्धार गरेका आरएनए ग्रुपका संयोजक अरुण सैजुले जानकारी दिए। रातिदेखि नै भक्तपुर अस्तव्यस्त भएको उनले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
