इजरायली हमलामा हमासका वरिष्ठ नेता हानियाको मृत्यु

हानिया मंगलबार इरानी राष्ट्रपति मसूद पेजेस्कियनको शप थग्रहण समारोहमा भाग लिन तेहरान आएका थिए। इजरायली सेनाले हानियाको मृत्युको सम्बन्धमा कुनै प्रतिक्रिया व्यक्त गरेको छैन।

हमासका राजनीतिक विभाग प्रमुख इानियाको इजरायली आक्रमणमा मृत्यु भएको छ। हमासले एक विज्ञप्ति जारी गर्दै नेता हानियाको मृत्युको पुष्टि गरेको छ।  

“हाम्रो अभियानको प्रमुख मुजाहिद इस्माइल हानिया नयाँ इरानी राष्ट्रपतिको शप थग्रहण समारोहमा भाग लिएपछि तेहरानस्थित उहाँको मुख्यालयमा भएको यहुदी समूहको आक्रमणमा मारिनुभएको छ,” हमासले एक विज्ञप्ति जारी गर्दै भनेको छ। इरानको रिभोलुसनरी सुरक्षा गार्डले पनि तेहरानस्थित हानियाको निवासमा आक्रमण हुँदा उनीसहित एक अंगरक्षक मारिएको पुष्टि गरेको छ। 

हानिया मंगलबार इरानी राष्ट्रपति मसूद पेजेस्कियनको शप थग्रहण समारोहमा भाग लिन तेहरान आएका थिए। इजरायली सेनाले हानियाको मृत्युको सम्बन्धमा कुनै प्रतिक्रिया व्यक्त गरेको छैन।

सन् २००६ मा प्यालेस्टिनी प्रधानमन्त्री बनेका हानिया सन् २०१७ मा खालिद मेशालको उत्तराधिकारीका रूपमा हमासको राजनीतिक विभागका प्रमुखमा निर्वाचित भएका थिए। व्यावहारिकतावादी मानिने हनिया प्राय टर्की र कतार गरी दुई देशमा निर्वासनमा बस्ने गरेको बताइएको छ। 

हानियाले हमासका प्रतिद्वन्द्वीसहित विभिन्न प्यालेस्टिनी समूहका प्रमुखसँग राम्रो सम्बन्ध राखेको बताइएको छ। इजरायली कब्जाको विरुद्ध पहिलो प्यालेस्टिनी विद्रोहीको रूपमा सन् १९८७ मा हमासको स्थापना भएदेखि नै उनी यस समूहमा सामेल भएका थिए।