यो कारोबार रकम हालसम्मकै उच्च हो। यसअघि २०७८ साउन ३१ गते नेप्सेमा २१ अर्ब ६४ करोडका शेयर खरिदबिक्री भएको थियो।
काठमाडाैँ– शेयर बजार परिसूचक नेप्सेमा बुधबार ६४.२५ अंकको वृद्धि भई २७६०.९० को विन्दुमा पुगेको छ। ३३२ स्टकको ५ करोड ९ लाख ६७ हजार कित्ता शेयर खरिदबिक्रीमा २१ अर्ब ९१ करोड १५ लाख रुपैयाँको कारोबार भएको छ।
यो कारोबार रकम हालसम्मकै उच्च हो। यसअघि २०७८ साउन ३१ गते नेप्सेमा २१ अर्ब ६४ करोडका शेयर खरिदबिक्री भएको थियो।
आज १० स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। युनाइटेड अजोड इन्स्योरेन्स, गोर्खाज फाइनान्स, श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्स, रिलायन्स फाइनान्स, दिव्यश्वरी हाइड्रोपावर, मकर जितुमाया सुरी हाइड्रोपावर, नेपाल रिपब्लिक मिडिया, कुथेली बुखरी स्मल हाइड्रोपावर, नेपाल वेयरहाउजिङ कम्पनी र प्रोग्रेसिभ फाइनान्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।
यीबाहेक अन्य ११ स्टकको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ। आत्मनिर्भर लघुवित्तको शेयरमूल्य सर्वाधिक ६.५२ प्रतिशत घटेको छ।
१३ उपसमूहमध्ये यस दिन १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये वित्त उपसमूहको परिसूचक सर्वाधिक ८.०८ प्रतिशत बढेको छ। त्यस्तै, लगानी उपसमूहको परिसूचक ६.८९ प्रतिशत तथा विकास बैंक र अन्य उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढीले बढेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
