कांग्रेसका गुरुङले एमाले उम्मेदवार अर्याललाई ५ हजार ६२७ मतान्तरले पराजित गरेका छन्।
काठमाडौँ– स्याङ्जा निर्वाचन क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका धनराज गुरुङ निर्वाचित भएका छन्।
नेकपा एमालेका उम्मेदवार पद्मा अर्याललाई हराउँदै गुरुङ प्रतिनिधिसभा सदस्य निर्वाचित भएका हुन्।
अन्तिम मत परिणामअनुसार कांग्रेसका उपसभापतिसमेत रहेका गुरुङले ३१ हजार ४६६ मत ल्याएर अर्याललाई पराजित गरे।
एमाले सचिवसमेत रहेकी अर्यालले २५ हजार ८३९ मत प्राप्त गरिन्। अर्याल गुरुङसँग ५ हजार ६२७ मतान्तरले पराजित भइन्।
त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले ८ हजार ११३ मत ल्याए।
यही क्षेत्रबाट २०७४ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसका गोपालमान श्रेष्ठलाई हराउँदै अर्याल निर्वाचित भएकी थिइन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
