कोशी, गण्डकी र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना

दिउँसो देशका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ। कोशी, गण्डकी र सुदूरपश्चिमका एक-दुई स्थानमा भने भारी  वर्षाको सम्भावना छ।

काठमाडौँ– मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ।

लुम्बिनी, कर्णाली र सुदूरपश्चिमलगायत देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहेको छ। सुदूरपश्चिमका थोरै तथा कोशी र गण्डकीका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।

दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही तथा मधेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ। कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका एक-दुई स्थानमा भारी वर्षासमेत हुनेछ।

यसैगरी राति, पनि देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका थोरै तथा मधेश र लुम्बिनीका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, गण्डकी र सुदूरपश्चिमका एक-दुई स्थानमा भारी  वर्षा हुनेछ।