नुवाकोट र धादिङको सीमा भएर बग्ने कोशीखोलाको बाढीले पिमलटारस्थित फाँटमा ठूलो क्षति भएको छ। भर्खर रोपिएको धानखेत बगरमा परिणत भएको छ।
त्रिशूली– कोशीखोलामा आएको बाढीले नुवाकोटको तारकेश्वर गाउँपालिका–२ स्थित पिमलटारको सयौँ रोपनी धानखेत बगरमा परिणत भएको छ।
नुवाकोट र धादिङको सीमा भएर बग्ने कोशीखोलाको बाढीले पिमलटारस्थित फाँटमा ठूलो क्षति भएको छ। त्यहाँ भर्खर रोपिएको धानखेत बगरमा परिणत भएको छ।
स्थानीय किसान आरबी नेपालका अनुसार हालै रोपिएको खेत पूर्ण रुपमा बगर बनेको छ। “बाढी रोकिएपछि रोपो उठाउने प्रयास गरे पनि ग्रेगरसहितको बालुवा र लेदोले पुरेकाले धेरै क्षति भएको छ,” उनले भने, “२०० रोपनी खेतलाई क्षति पुर्याउँदै अहिले खोला बगिरहेको छ भने ४०० रोपनीभन्दा बढी खेतमा लगाएको रोपो पनि पुरिएको छ।”
स्थानीय समाजसेवी जनक ढुंगानाले व्यक्तिगत लगानीमा केही वर्षअघि निर्माण गरेको झोलुंगे पुलमा पनि बाढीको कारण क्षति भएको छ। पुलको पिलर बगाएसँगै आवागमन रोकिएको छ।
तारकेश्वर गाउँपालिका अध्यक्ष शिव अधिकारीले बाढीबाट भएको क्षतिको लगत संकलन गरेर किसानलाई सक्दो सहयोग गर्न पालिका तयार रहेको बताए। “प्राविधिक प्रतिवेदन र स्थलगत अनुगमन गरेर पीडित किसानलाई सहयोग गर्नेछौँ,” उनले भने।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
