तोलामा १ लाख ४९ हजार ४०० पुग्यो सुनको मूल्य

बुधबार प्रतितोला एक लाख ४७ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाला सुन बिहीबार एक लाख ४९ हजार ४०० निर्धारण भएको छ। 

काठमाडौँ– नेपाली बजारमा सुनको मूल्य तोलामा एक हजार ६०० रुपैयाँले बढैको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला एक लाख ४७ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाला सुन बिहीबार एक लाख ४९ हजार ४०० निर्धारण भएको छ। 

यस्तै, चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेको छ। तोलामा एक हजार ७८० मा कारोबार भएको चाँदी एक हजार ८०० रुपैयाँ निर्धारण भएको छ।