बाजुरामा कांग्रेसका बद्री पाण्डेलाई ४३०४ मतको अग्रता

३६ हजार १९१ मत गन्दा पाण्डेले १९ हजार ७५७ मत प्राप्त गरेका छन् भने थापाले १५ हजार ४५३ मत ल्याएका छन्।

काठमाडौँ– प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत बाजुरामा मतगणना जारी छ। जारी मतगणनामा नेपाली कांग्रेसका उम्मेदवारको अग्रता कायमै छ।

कांग्रेसका उम्मेदवार बद्री पाण्डेले अग्रता फराकिलो बनाउँदै लगेका छन्। ३६ हजार १९१ मत गन्दा पाण्डेले १९ हजार ७५७ मत प्राप्त गरेका छन्।

उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका कर्णबहादुर थापा ४ हजार ३०४ मतले पछि छन्। उनले १५ हजार ४५३ मत प्राप्त गरेका छन्।

त्यस्तै, राप्रपाका जंगकुमार गिरीले ९०, स्वतन्त्र उम्मेदवार टेकबहादुर बडुवालले ७४ र जसपाका रामबहादुर शाहीले ४५ मत प्राप्त गरेका छन्। हालसम्म यहाँ ७७२ मत बदर भएको छ।