धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बिहीबार ५.२९ अंकले घटेर २७५५.६२ मा सीमित भएको छ।
काठमाडाैँ– साताको अन्तिम कारोबार दिन शेयर बजार ओरालो लागेको छ। धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बिहीबार ५.२९ अंकले घटेर २७५५.६२ मा सीमित भएको छ।
कारोबार अवधिमा नेप्से २८०५.५७ विन्दुसम्म पुगे पनि पछि घट्दै गयो। अघिल्ला दुई कारोबार दिन बढेको नेप्सेमा आज करेक्सन भएको हो।
ठूला कम्पनीको कारोबार मापक सेन्सेटिभ परिसूचक ३.२९ अंकले ओरालो लागेर ४९२.७५ मा सीमित भएको छ। कूल पाँच करोड १३ लाख २१ हजार ६२९ कित्ता शेयर २१ अर्ब ७१ करोड ३४ लाख ३१ हजार रुपैयाँमा कारोबार भएको छ। कारोबार भएका कूल १३ उपसमूहमध्ये सात उपसमूहको शेयर मूल्य ओरालो लागेको छ भने छ उपसमूहको शेयर मूल्य भने उकालो लागेको छ।
नेप्सेका अनुसार पाँच कम्पनीको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ। त्यसमा एचआईडीसीएल, नेपाल हाइड्रो डेभलपर, शुभम् पावर, सिटी होटल र कुर्थली बुखारी स्मल हाइड्रोपावर छन्।
यस्तै, पिपल्स हाइड्रोपावर ९.१३, प्रभु बैंकको ऋणपत्र ८.६५, रसुवागढी हाइड्रोपावर ७.०९, अप्पर सोलु हाइड्रोपावर ६.७० र मन्दकानिकी हाइड्रोपावरका लगानीकर्ताले ६.५५ प्रतिशतले गुमाएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
