सर्वोच्च अदालतले सिधाकुरा डटकमले प्रकाशन र प्रसारण गरेको अडियोविरुद्ध अदालतको अवहेलनासम्बन्धी मुद्दामा भदौ ६ गते निर्णय सुनाउने भएको छ।
काठमाडौँ– सर्वोच्च अदालतले सिधाकुरा डटकमले प्रकाशन र प्रसारण गरेको अडियोविरुद्ध अदालतको अवहेलनासम्बन्धी मुद्दामा भदौ ६ गते निर्णय सुनाउने भएको छ। बिहीबार ९ न्यायाधीश सम्मिलित बृहत् पूर्ण इजलासले १५ दिनभित्र बहस नोट पेश गर्न आदेश दिएको छ।
प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरू प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना, हरिप्रसाद फुयाल, डा. नहकुल सुवेदी, विनोद शर्मा, महेश शर्मा पौडेल, बालकृष्ण ढकाल सम्मिलित बृहत् पूर्ण इजलासले सिधाकुरा डटकमविरुद्धको मुद्दामा साउत ३२ गतेभित्र बहस नोट पेश गर्न आदेश दिएको छ भने भदौ ६ गतेलाई निर्णय सुनाउने मिति तय गरेको हो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ‘स्टिङ अपरेसन’सँग जोडिएको मुद्दा हारजित गराउन सर्वोच्चका न्यायाधीशसहितका व्यक्तिको बैठक बसेको जनाउँदै सिधाकुराले समाचार र अडियो सामग्री प्रकाशन गरेको थियो।
सो सञ्चारमाध्यमले प्रकाशन र प्रसारण गरेको समाचार, अडियो–भिडियो सामग्रीबाट अदालतको अवहेलना भएको उल्लेख गर्दै वैशाख १६ गते सर्वोच्चका उपरजिस्ट्रार गोविन्द घिमिरेले प्रतिवेदन पेश गरेका थिए। मुद्दामा उक्त सञ्चारमाध्यमका प्रकाशक, कार्यकारी समपादकलाई विपक्षी बनाइएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
