शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिले कानूनी मापदण्ड पूरा गरेका नर्सिङ शिक्षण संस्थालाई आगामी शैक्षिक सत्रका लागि कक्षा सञ्चालन गर्ने गरी स्वीकृत दिन निर्देशन दिएको छ।
काठमाडौँ– प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिले मापदण्ड पुगेका नर्सिङ कलेज सञ्चालनका लागि स्वीकृत दिन निर्देशन दिएको छ।
शिक्षा मन्त्रीको उपस्थितमा समितिले बिहीबार बसेको बैठकले ‘प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् ऐन, २०५४’ र ‘राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५’ मा आवश्यक संशोधन गर्नुपर्ने र कानूनी मापदण्ड पूरा गरेका नर्सिङ शिक्षण संस्थालाई आगामी शैक्षिक सत्रका लागि कक्षा सञ्चालन गर्ने गरी स्वीकृत दिन परिषद्लाई निर्देशन गर्ने निर्णय गरेको हो।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) को संरचनामा सुधार गर्नुपर्ने बताइन्। उनले सीटीईभीटी कार्य सम्पादनविरुद्ध धेरै विद्यार्थीको उजुरी आएको बताउँदै यसलाई सुधार्नु अनिवार्य रहेको सुनाइन्।
समितिका सभापति अम्बरबहादुर थापाले मापदण्ड पूरा गरेका नर्सिङ शिक्षण संस्थालाई अवरोध गर्दा विद्यार्थीहरूले पढ्न पाउने अधिकार संकुचित भएकाले यस्तो निर्णय गरिएको बताए। “हामीले विद्यार्थीलाई पढ्ने अवसरबाट वञ्चित गर्नुहुँदैन,” उनले भने, “कानूनबमोजिम प्रक्रिया पूरा गरेका संस्थाले तुरुन्तै कक्षा सञ्चालन गर्न पाउनुपर्छ।”
लामो समयदेखि नर्सिङ कलेज सञ्चालन गर्न कानुनी र व्यावहारिक जटिलताले सास्ती खेपेको भन्दै समितिमा शैक्षिक संस्थाबाट निवेदन परेको थियो। बैठकमा नर्सिङ कलेज सञ्चालन गर्नबाट वञ्चित भएका संस्थाहरू, सीटीईभीटी, चिकित्सा शिक्षा आयोग र समितिका सांसदबीच समस्यामाथि छलफल भएको थियो।
निवेदक शिक्षण संस्थाले कानूनी मापदण्ड पूरा गर्दा पनि नर्सिङ कक्षा सञ्चालन गर्न परिषद्बाट स्वीकृत नपाएको गुनासो पोखेका थिए। परिषद्ले भने आयोगले स्वीकृत दिन रोक लगाएको आरोप लगाएको थियो। आयोगले परिषद्मा कानूनबमोजिम कार्य नभएको बताउँदै आएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
