तीन पटकको उपविजेता नेदरल्यान्ड्स अमेरिकालाई ३-१ गोलअन्तरले पराजित गर्दै कतार विश्वकपकाे अन्तिम ८ मा पुगेको छ।
काठमाडाैँ– तीन पटकको उपविजेता नेदरल्यान्ड्स कतार विश्वकपको क्वार्टरफाइनलमा पुगेको छ।
खालिफा इन्टरनेशनल स्टेडियममा शनिबार राति सम्पन्न खेलमा अमेरिकालाई ३-१ गोलअन्तरले पराजित गर्दै नेदरल्यान्ड्स अन्तिम ८ मा पुगेको हो। अमेरिकाको पोष्टमा निरन्तर आक्रमण बुनेको नेदरल्यान्ड्सले खेलको १०औँ मिनेटमै आग्रता लिएको थियो।
नेदरल्यान्ड्सका लागि मेम्फिस डेपेले पहिलो गोल गरे। क्याटलान क्लब बार्सिलोनाबाट व्यावसायिक फुटबल खेल्दै आएका डेपेले डेन्जेल डम्फ्रिजको उत्कृष्ट पासमा गोल गरेका थिए। हाफ टाइमअघि नै नेदरल्यान्ड्सले आफ्नो अग्रता दोब्बर बनायो।
पहिलाे हाफकाे इन्जुरी समयमा डेली ब्लाइन्डले गोल गरे। उनले पनि डेन्जल डम्फ्रिजले मिलाइदिएको अवसरलाई गोलमा परिणत गरे। टच लाइननजिकै अमेरिकी डिफेन्डरहरूले बललाई राम्रोसँग क्लियर गर्न नसक्दा नेदरल्यान्ड्सले अग्रता दोब्बर बनायो। ब्लाइन्डको यो तेस्रो अन्तर्राष्ट्रिय गोल हो।
७६औँ मिनेटमा अमेरिकाले खेलमा फर्किने संकेत देखाएको थियो। अमेरिकाका लागि हाजी राइटले पहिलो गोल गरेका थिए। उनले क्रिस्टियन पुलिसिकको पासमा गोल गरे। तर, नेदरल्यान्ड्सले पाँच मिनेटपछि नै अर्काे गाेल थप्याे। उसका लागि डेन्जेल डम्फ्रिजले गोल गरे।
यो गोलसँगै नेदरल्यान्ड्सले खेलमा ३-१ को अग्रता लियो। त्यसपछि दुवै टोलीले केही अवसर सिर्जना गरेपनि गोल भने गर्न सकेनन् र खेल ३-१ मा सकियो। अमेरिकी टोली सन् २००२ यता विश्वकपको क्वार्टरफाइनलमा पुग्न सकेको छैन। नेदरल्यान्ड्स सन् १९७४, १९७८ र २०१० मा उपविजेता बनेको थियो।
सन् २०१८ को रसिया विश्वकपमा भने छनोट हुन सकेको थिएन।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
