सानैदेखि खेलकुदमा सक्रिय उनले ढाडको चोटका कारण २४ वर्षको उमेरमा खेल्न छाडिसकेका थिए। डाक्टरले पनि आराम गरेर बस्न सल्लाह दिएका थिए।
आफ्नो नाममा विश्व कीर्तिमानी राख्न मान्छेले अनेक तौरतरिका अपनाउँछन्। इटालिका एक व्यक्तिले त तीन वटा विमान तानेर विश्व कीर्तिमानी बनाएका छन्, त्यो पनि हातले टेकेर। गत जुन ३० मा उनले गिनिज वर्ल्ड रेकर्ड कायम गरेका हुन्।
म्याटियो प्याभन नाम गरेका ती व्यक्तिले आफूलाई ‘द ह्यान्डस्ट्यान्ड भेहिकल’ भनेर चिनाउँछन्। यो कीर्तिमान कायम गर्न उनले निकै कडा मिहेनत गर्नुपरेको थियो। सन् २०१८ देखि नै कडा कसरत मानिने ‘क्रसफिट’ गर्दै आएको उनले बताएका छन्। यसबाहेक उनले हप्तामा तीनदेखि छ पटक कडा कसरत पनि गर्थे। यसमा कार्डियो, स्ट्रेन्थ ट्रेनिङ र योग समावेश थियो। यससँगै उनले आफ्नो खानपानमा पनि विशेष ध्यान दिएका छन्। उनले पोषणविद्को सल्लाह अनुसार नै शरीरलाई आवश्यक पर्ने पाैष्टिक तत्त्व लिने गरेका छन्। साथै नियमित फिजियोथेरापी पनि गर्ने गरेका छन्।
म्याटेओ पाँच वर्षको उमेरदेखि नै खेलकुदमा लागेका थिए। कराते र फुटबलपछि ११ वर्षको उमेरमा उनी रग्बीमा लागे। तर चोटपटकबाट गुज्रिनुपर्दा २४ वर्षको उमेरमा उनले रग्बी पनि छाड्नुपर्यो।
खासमा उनलाई ढाडमा लागेको चोटले खेलकुदमा अगाडि बढ्न दिएको थिएन। डाक्टरले पनि खेलकुद त्याग्न सल्लाह दिएका थिए। तर पनि उनी दृढ संकल्पका साथ अघि बढे। उनी भन्छन्, “डाक्टरहरूले म फेरि कहिल्यै खेल खेल्न सक्दिन भन्नुभयो, तर तिनीहरू गलत थिए।”
यो कीर्तिमान बनाउन उनले ५ हजार ६६९ किलो तौल भएका विमान छनोट गरेका थिए। कीर्तिमानी राख्न उनले विमानहरूलाई करिब ५ मिटर (१६.४ फिट) तान्नु परेको थियो। तर जमिन निकै तातेका कारण उक्त प्रयासका क्रममा उनलाई चोट लागेको थियो। हातमा पन्जा लगाएको भए पनि रगत निस्केको थियो।
कडा परिश्रम, दृढ संकल्प र परिवारको साथले आफूले जे पनि हासिल गर्न सक्ने उनी बताउँछन्। “हामीले आफूमा मात्र विश्वास राख्नु पर्छ। कडा परिश्रम पक्कै फल्छ,” उनले भने। यस्तै, उनी ४ वटा विमान तानेर आफ्नै कीर्तिमानी तोड्ने सोचेका छन्।
“मलाई यो रेकर्डमा गर्व छ,” उनी भन्छन्, “तर म अन्तिम नतिजाबाट पूर्ण रूपमा सन्तुष्ट छैन। म पक्का छु कि म चार वटा विमान वा त्योभन्दा बढी तान्न सक्छु, त्यसैले म सकेसम्म चाँडो गर्ने प्रयास गर्नेछु।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
