डडेलधुरामा वयस्क चितुवा मृत फेला

अजयमेरु गाउँपालिका–३ भद्रपुर बजार नजिकैको घाँसे जंगलमा चितुवा मृत अवस्थामा फेला परेको डिभिजन वन कार्यालय डडेलधुराले जनाएको छ। 

डडेलधुरामा एउटा वयस्क फेरि चितुवा मृत फेला परेको छ। तस्वीरः धनबहादुर भण्डारी/रासस

डडेलधुरा– डडेलधुरामा एउटा वयस्क चितुवा मृत फेला परेको छ।

गत महिना मात्रै जिल्लाको गन्यापधुरामा एक चितुवा मृत अवस्थामा फेला परेको थियो।

बिहीबार अजयमेरु गाउँपालिका–३ भद्रपुर बजार नजिकैको घाँसे जंगलमा चितुवा मृत अवस्थामा फेला परेको डिभिजन वन कार्यालय डडेलधुराले जनाएको छ। 

चितुवा कसरी मर्‍यो भन्ने स्पष्ट जानकारी नभएको र मृत चितुवा जिल्ला वन कार्यालय ल्याइएको कार्यालयले जनाएको छ।

केही दिनअगाडि जिल्लाकै गन्यापधुरा गाउँपालिका–१ स्थित जानकी सामुदायिक वनमा ३३ किलो तौल ५ फिट ५ इन्च लामो भाले चितुवा मृत फेला परेको थियो।