यस्तो रहनेछ शुक्रबारको मौसम

कोशी, बागमती, गण्डकी र कर्णालीका एक-दुई स्थानमा भने भारी वर्षा हुनेछ। मधेश र कोशीका तराई भूभागमा हावाहुरीसमेत चल्ने सम्भावना छ।

काठमाडौँ– देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ।

जसको प्रभावले गण्डकीका थोरै तथा कोशी र बागमतीका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ। दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ।

कोशी, बागमती, गण्डकी र लुम्बिनीका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ।

कोशी, बागमती, गण्डकी र कर्णालीका एक-दुई स्थानमा भने भारी वर्षा हुनेछ। मधेश र कोशीका तराई भूभागमा हावाहुरीसमेत चल्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।

यसैगरी, राति कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही तथा मधेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ।

कोशी, कर्णाली र सुदूरपश्चिमका थोरै तथा बाँकी प्रदेशका एक-दुई  स्थानमा भारी वर्षाको पनि सम्भावना छ।