सहकारीको शेयर पुँजी एक अर्ब ७५ करोड ३८ लाख हुँदा बचत आठ अर्ब १९ करोड ४४ लाख छ। सहकारीबाट एक हजार ५०० जनशक्तिले रोजगारी प्राप्त गरेका छन्।
कर्णाली– सुर्खेतस्थित भूमि व्यवस्था तथा सहकारी रजिस्ट्रारको कार्यालय दर्ता भएका कर्णालीका ३११ सहकारीको पुँजी १५ अर्ब रुपैयाँ पुगेको छ।
१० जिल्ला तथा दुईभन्दा बढी पालिकालाई कार्यक्षेत्र बनाएर आफ्नो कार्यसञ्चालन गरेका सहकारीको पुँजी १५ अर्ब रुपैयाँ रहेको रजिस्ट्रार खुमप्रसाद सुवेदीले जानकारी दिए। ती सहकारीको शेयर पुँजी एक अर्ब ७५ करोड ३८ लाख हुँदा बचत आठ अर्ब १९ करोड ४४ लाख छ। कुल ११ अर्ब ५१ करोड ६४ लाख ऋण लगानी गरेका सहकारीको जगेडा कोषमा ७१ करोड ४२ लाख छ।
रजिस्ट्रार सुवेदीले सहकारीबाट यहाँका एक हजार ५०० जनशक्तिले रोजगारी प्राप्त गरेको जनाए। कर्णालीमा बचत तथा ऋण, कृषि, बहुउद्देश्यीय, उपभोक्ता, जडीबुटी, तरकारी बीउ उत्पादन, सामाजिक उद्यमी, विद्युत्, ऊर्जा सोलार, मौरीपालन, सञ्चार, साना किसान, स्वास्थ्य, पर्यटन, वातावरण संरक्षण, निर्माण मजदुर, दुग्ध, घरेलु, शैक्षिकलगायत सहकारी सञ्चालनमा छन्।
सुर्खेतका १०२, दैलेखका ३७, जुम्लाका ३४, कालिकोटका ३२, जाजरकोटका २७, सल्यानका २५, रुकुम पश्चिमका २३, हुम्लाका १५, मुगुका ११ र डोल्पाका पाँच सहकारी भूमि व्यवस्था तथा सहकारी रजिस्ट्रारको कार्यालयमा दर्ता भएर सञ्चालन रहेको उनले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
