शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ४९ हजार ९०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
काठमाडौँ– नेपाली बजारमा सुनको मूल्यमा नयाँ रेकर्ड बनेको छ। शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ४९ हजार ९०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यसअघि साउन २ गते प्रतितोला १ लाख ४९ हजार ८०० रुपैयाँमा कारोबार भएर रेकर्ड बनाएको थियो । शुक्रबार उक्त रेकर्ड तोडिएको हो।
बुधबारको तुलनामा सुनको भाउ तोलामा ५०० रुपैयाँ बढेको हो। बुधबार प्रतितोला १ लाख ४९ हजार ४०० रुपैयाँ थियो। महासंघका अनुसार चाँदीको मूल्य भने घटेको छ । बुधबारको तुलनामा चाँदी तोलामा ५ रुपैयाँ घटेको हो। बजारमा चाँदी प्रतितोला १ हजार ७९५ रुपैयाँमा कारोबार भइरहेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
