फिलिपिन्सको चाइनाटाउनमा आगलागी हुँदा ११ जनाको मृत्यु

उद्धारकर्मीले पाँच तले भवनभित्र ११ जनाको शव फेला पारेको बताएका छन्। आगलागीको कारण र मृतकको पहिचान खुल्न सकेको छैन।

फिलिपिन्सको राजधानी मनिलाको चाइनाटाउनस्थित एक भवनमा आगलागी हुँदा ११ जनाको मृत्यु भएको छ ।

शुक्रबार बिहान लागेको आगो नियन्त्रण गर्न १४ वटा दमकल र अग्नि नियन्त्रकलाई  दुई घण्टा लागेको मनिला नगरीय दमकल विभागले जनाएको छ।

उद्धारकर्मीले पाँच तले भवनभित्र ११ जनाको शव फेला पारेको बताएका छन्। आगलागीको कारण र मृतकको पहिचान खुल्न सकेको छैन।

आगलागी भएको भवनको भुइँ तलामा पसल र माथिल्लो तला आवासीय प्रयोगका लागि प्रयोग भएका थिए।