भारतमा बाढीका कारण १३ जनाको मृत्यु

हिन्दू धर्मावलम्बीको लोकप्रिय तीर्थस्थल केदारनाथ मन्दिरमा यात्रा गर्ने क्रममा रहेका करिब ७०० जना तीर्थयात्री बाढीबाट प्रभावित भएका छन्।

भारतमा मनसुनी वर्षाले निम्त्याएको आकस्मिक बाढीले १३ जनाको मृत्यु भएको छ। 

देहरादुन क्षेत्रमा बाढीमा फसेका सयौँ तीर्थयात्रीको हेलिकप्टरको माध्यमबाट उद्धार गरिएको अधिकारीहरूले बताएका छन्।

अस्वाभाविक जलवायु परिवर्तनले मनसुनको समयमा विपद्का घटना बढाइरहेको उत्तरी राज्य उत्तराखण्डका विपद् व्यवस्थापन अधिकारी विनोद कुमार सुमनले बताए।  

हिन्दू धर्मावलम्बीहरूको लोकप्रिय तीर्थस्थल केदारनाथ मन्दिरमा यात्रा गर्ने क्रममा रहेका करिब ७०० जना तीर्थयात्री बाढीबाट प्रभावित भएका छन्।

उनीहरूको हेलिकप्टरबाट उद्धार गरिएको  स्थानीय अधिकारीले बताएका छन्। प्रभावित तीर्थयात्रीलाई सुरक्षित यात्रा गर्नका लागि हेलिकप्टर प्रयोग गरिएको  हो।