प्युठानमा ३ जनामा हैजा संक्रमण

प्युठानमा एकै परिवारका तीन जनामा हैजा संक्रमण पुष्टि भएको छ।

प्युठान– प्युठानमा तीन जनामा हैजा संक्रमण पुष्टि भएको छ। उनीहरू एउटै परिवारका सदस्य रहेका छन्।

गौमुखी गाउँपालिका–५ का एक पुरुष र दुई महिलामा हैजाको संक्रमण देखिएको गौमुखी गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख हरिप्रसाद जैसीले जानकारी दिए। 

“जिल्ला अस्पतालमा परीक्षणका क्रममा तीनै जनामा हैजा पुष्टि भएको हो,” उनले भने। उनका अनुसार तीनै जनालाई झाडापखाला लागेपछि उनीहरूको जिल्ला अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको थियो। 

गौमुखी गाउँपालिकाका आठ जनामा  झाडापखाला देखिएको थियो। उनीहरूको हाल जिल्ला अस्पतालमा  उपचार भइरहेको छ।