आन्तरिक मामिला तथा कानून मन्त्रालय, सामाजिक विकास मन्त्रालय र महिला तथा बालबालिका मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री आफैँले राखेका छन्।
लुम्बिनी– लुम्बिनी प्रदेश सरकारमा सहभागी आठ मन्त्रीको विभागीय जिम्मेवारी तोकिएको छ। बिनाविभागीयमन्त्रीका रूपमा १० दिनअघि शपथ लिएका मन्त्रीहरूको शुक्रबार विभागीय जिम्मेवारी तोकिएको हो।
लुम्बिनी प्रदेश सरकारको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्यसहित एमालेबाट पाँच र कांग्रेसबाट चार मन्त्रीले साउन ९ गते शपथ लिएका थिए। मुख्यमन्त्री चेतनारायण आचार्यले शुक्रबार मात्र उनीहरूको कार्यविभाजन गरेका हुन्।
मुख्यमन्त्री आचार्य र कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीबीच शुक्रबार नै भएको छलफलबाट मन्त्रालयको जिम्मेवारी टुंगो लगाइएको हो। सहमतिअनुसार कांग्रेसबाट आर्थिक मामिला तथा योजनामन्त्रीमा गुल्मीका धनेन्द्र कार्की, शहरी विकास तथा खानेपानीमन्त्रीमा प्युठानका सरोज थापा, वन तथा वातावरणमा बाँकेका बादशाह कुर्मी, उद्योग, पर्यटन तथा यातायातमन्त्रीमा दाङका प्रचण्डविक्रम न्यौपानेले जिम्मेवारी पाएको सरकारका प्रवक्ता नवनियुक्त कृषि तथा भूमि व्यवस्थामन्त्री दिनेश पन्थीले जानकारी दिए। नेपाली कांग्रेसको भागमा परेको एक मन्त्री पठाउन बाँकी छ।
सरकारको नेतृत्व गरेको नेकपा (एमाले)बाट भौतिक पूर्वाधार विकासमन्त्रीको जिम्मेवारी रूपन्देहीका भूमिश्वर ढकाल, कृषि तथा भूमि व्यवस्थामन्त्री गुल्मीका दिनेश पन्थी, स्वास्थ्यमन्त्री पाल्पाका खेम सारु र ऊर्जा जलस्रोत र सिँचाइमन्त्रीको जिम्मेवारी दाङकी सीता शर्मा चौधरीले प्राप्त गरेको प्रवक्ता पन्थीले बाताए।
लुम्बिनी प्रदेशमा १२ मन्त्रालय रहेकामा एमालेले मुख्यमन्त्रीसहित पाँच, कांग्रेसले पाँच र दुई साना दललाई मन्त्रालय बाँडफाँटको सहमति यसअघि गरिएको थियो। आन्तरिक मामिला तथा कानून मन्त्रालय, सामाजिक विकास मन्त्रालय र महिला तथा बालबालिका मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री आफैँले राखेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
