काठमाडौँको गेस्ट हाउसमा युवक–युवती मृत फेला

काठमाडौँको एक गेस्ट हाउसमा‍ शुक्रबार बाजुराका युवक र युवती मृत भेटिएका छन्।

काठमाडौँ– काठमाडौँको एक होटलमा महिला र पुरुष मृत भेटिएका छन्। शुक्रबार काठमाडौँ महानगरपालिका–९ सिनामंगलमा रहेको झर्ना गेस्ट हाउसमा बाजुराका युवक र युवती मृत भेटिएका हुन्।

जिल्ला प्रहरी परिसर, काठमाडौँका प्रवक्ता एसपी नवराज अधिकारीका अनुसार मृत अवस्थामा भेटिनेहरूमा बाजुराको त्रिवेणी नगरपालिकाका २३ वर्षीय भरतबहादुर सार्की र १९ वर्षीया करिश्मा सार्की रहेका छन्।

उनीहरू साउन १५ गतेदेखि गेस्ट हाउसमा बस्दै आएका थिए। शुक्रबार अबेरसम्म पनि खान नआएपछि होटलका कामदारले उनीहरूलाई बोलाउन गएका थिए। लामो समयसम्म ढोका नखुलेपछि शुक्रबार मध्याह्न १ बजेतिर प्रहरीलाई खबर गरिएको थिए। प्रहरीको टोली पुगेर ढोका खेलेर हेर्दा करिश्मा घाँटी काटिएको अवस्थामा र भरत सिलिङको प‌ंखामा झुन्डिएको अवस्थामा भेटिएका हुन्।

युवतीको हत्या गरेर युवकले आत्महत्या गरेको हुनसक्ने प्रहरीको अनुमान छ। शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको र घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।