यस पर्वमा गठामंगल नाम गरेको नरभक्षी राक्षस मारिएको सम्झना स्वरूप बिहानै हरियो नर्कट, निगालो अथवा गहुँको छ्वाली मिसाएर तीनखुट्टे राक्षसको स्वरूप बनाइ दोबाटो र चौबाटोमा उभ्याइने चलन छ।
काठमाडौँ– प्रत्येक वर्ष श्रावण कृष्ण चतुर्दशीका दिन मनाइने गठामंगल अर्थात् घण्टाकर्ण पर्व शुक्रबार विधिपूर्वक मनाइएको छ। काठमाडौँ उपत्यकाका भित्री शहरमा मनाइएको यसलाई चाडपर्वमध्ये सबैभन्दा जेठो मानिन्छ।घण्टाकर्ण पर्व सांस्कृतिक परम्पराअनुसार विशेष गरी नेवार समुदायको बाहुल्यता रहेका शहर बजारमा मनाइन्छ। परापूर्व कालदेखि मनाउँदै आएको यस पर्वमा गठामंगल नाम गरेको नरभक्षी राक्षस मारिएको सम्झना स्वरूप बिहानै हरियो नर्कट, निगालो अथवा गहुँको छ्वाली मिसाएर तीन खुट्टे राक्षसको स्वरूप बनाइ दोबाटो र चौबाटोमा उभ्याइने चलन छ। घण्टाकर्ण पर्वपश्चात् चाडपर्वको मौसम शुरू हुने जनविश्वास रहेको छ। यसै क्रममा भक्तपुरको नयाँ ठिमीमा घण्टाकर्णको आकृति बनाइ छ्वाली बालेर घिसार्दै खोला र दोबाटोमा विसर्जन गरिएको छ। हेर्नुहोस् तस्वीरहरू :










Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
