संसदीय समितिले प्राधिकरणसँग माग्यो टीओडी मिटरको विवरण

सार्वजनिक लेखा समितिले नेपाल विद्युत् प्राधिकरणसँग टाइम्स अफ डे (टीओडी) मिटरको तथ्यांक माग गरेको छ।

काठमाडौँ– संसद्को सार्वजनिक लेखा समितिले नेपाल विद्युत् प्राधिकरणसँग टाइम्स अफ डे (टीओडी) मिटरको तथ्यांक माग गरेको छ।

समितिको शुक्रबारको बैठकले उक्त विवरण माग गर्ने निर्णय गरेको सभापति ऋषिकेश पोखरेलले जानकारी दिए। समितिको शुक्रबारको बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव, विद्युत् नियमन आयोगका पदाधिकारी, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक र उद्योगी तथा व्यवसायीसँग छलफल गरेको थियो।

पाँच घण्टाभन्दा बढी चलेको सो छलफलका आधारमा समितिले आवश्यक विवरण माग गरेको हो। समितिले डेडिकेटेड र ट्रक लाइन महसुलको विवादका सम्बन्धमा केही दिनभित्र आवश्यक निर्णय गर्ने जनाएको छ।