इलाममा ३ जना सवार मोटरसाइकल दुर्घटनामा १ को मृत्यु, २ घाइते

झापाबाट माई नगरपालिकातर्फ आउँदै गरेको ना ४८ प ८६३८ नम्बरको मोटरसाइकल माई नगरपालिका–२ स्थित सितली र नमस्ते चोक जोड्ने गरुवा खोला पुलमा दुर्घटना भएको थियो। 

फिक्कल– इलाममा तीन जना सवार मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु भएको छ। अन्य दुई जना गम्भीर घाइते भएका छन् ।

झापाबाट माई नगरपालिकातर्फ आउँदै गरेको ना ४८ प ८६३८ नम्बरको मोटरसाइकल माई नगरपालिका–२ स्थित सितली र नमस्ते चोक जोड्ने गरुवा खोला पुलमा शुक्रबार बेलुका दुर्घटना भएको थियो। 

माई नरपालिका–१० गजेनी भञ्ज्याङका २६ वर्षीय दिनेश कार्कीको घटनास्थलमा नै मृत्यु भएको छ। 

मोटरसाइकल चालक माई नगरपालिका–१० गजेनी भन्ज्याङकै ३२ वर्षीय विनोद लिम्बू र पछाडि सवार सोही ठाउँका १६ वर्षीय रोशन लिम्बू गम्भीर घाइते भएका छन्। 

विनोदको टाउको र बायाँ खुट्टामा गम्भीर चोट लागेको छ भने रोशनको बायाँ हात र मुखमा चोट लागेको छ। उनीहरू दुवैको झापाको बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा उपचार भइरहेको छ।