भुटानको राजधानी थिम्पुमा भएको सेमिफाइनलमा कमला पुन र मनिषा चौधरीको जोडीले उज्वेकिस्तानका खेलाडीलाई २–० को सोझो सेटमा पराजित गरेको हो।
काठमाडौँ– नेपालको महिला राष्ट्रिय बिच भलिबल टोली भुटानमा जारी काभा बिच भलिबल च्याम्पियनसिपको फाइनलमा पुगेको छ। कमला पुन र मनिषा चौधरीको जोडीले फाइनलको यात्रा तय गरेको हो।
भुटानको राजधानी थिम्पुमा शनिबार भएको सेमिफाइनलमा पुन र चौधरीको जोडीले उज्वेकिस्तानका खेलाडीलाई २–० को सोझो सेटमा पराजित गरेको हो। नेपालले उज्वेकिस्तानलाई २१–१३ र २१–१२ अंकले हराएको हो।
यस्तै पुरुषतर्फ मानबहादुर श्रेष्ठ र दिलबहादुर सुनारको जोडीले शनिबार नै मालदिभ्ससँग सेमिफाइनल खेल खेल्दै छ। प्रतियोगितामा पुरुषतर्फ १० तथा महिलातर्फ सात टोली सहभागी छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
