एमाले सूदुरपश्चिम सहइञ्चार्ज कर्णबहादुर थापालाई पराजित गर्दै बाजुराबाट प्रतिनिधिसभा सदस्यमा कांग्रेस सहमहामन्त्री बद्री पाण्डे निर्वाचित भएका छन्।
काठमाडौँ– बाजुराबाट प्रतिनिधिसभा सदस्यमा कांग्रेस सहमहामन्त्री बद्री पाण्डे निर्वाचित भएका छन्।
उनले एमालेका सूदुरपश्चिम सहइञ्चार्ज कर्णबहादुर थापालाई पराजित गरे। अन्तिम मरिणाम अनुसार पाण्डेले ३१ हजार ७८६ मत पाउँदा थापाले २६ हजार ३४९ मत प्राप्त गरे। पाण्डे सत्ता गठबन्धनबाट उम्मेदवार बनेका थिए।
यस्तै राप्रपाका जंगकुमार गिरीले २०७, स्वतन्त्र उम्मेदवार टेकबहादुर बडुवालले ११४ र जसपाका रामबहादुर शाहीले ७३ मत प्राप्त गरे। एक हजार २२८ मत बदर भएकाे मुख्य निर्वाचन अधिकृतकाे कार्यालयले जनाएकाे छ।
बाजुरमा २०६४ पछि कांग्रेले पहिलो जित निकालेकाे हाे। प्रदेशसभा निर्वाचन क्षेत्र २ मा पनि गठबन्धनले जित निकालेकाे छ। कांग्रेसका पदमबहादुर शाही २० हजार ११९ मत ल्याएर निर्वाचित भए। निकटतम प्रतिद्वन्द्वी एमालेका लालबहादुर थापाले १७ हजार ५२१ मत ल्याए।
प्रदेशसभा निर्वाचन क्षेत्र १ बाट एकीकृत समाजवादीका नरेश शाही निर्वाचित भएका छन्। शाही १० हजार ९७३ मत ल्याएर विजयी भएका हुन्। निकटतम प्रतिद्वन्द्वी एमालेका बलदेव रेग्मीले ८ हजार ६३२ मत प्राप्त गरे।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
