विद्युत् महसुल नतिर्दा लाइन काटेपछि जोड्न धम्की दिँदै कर्मचारीमाथि कुटपिट भएको शाखा कार्यालयका प्रमुख शत्रुधन यादवले जानकारी दिए।
सङ्खुवासभा– नेपाल विद्युत् प्राधिकरण कार्यालय सङ्खुवासभाको शाखा कार्यालय मादीका इन्चार्जसहित दुई जना कर्मचारीमाथि कुटपिट भएको छ।
विद्युत् महसुल नतिरेपछि लाइन काटेको जनाउँदै लाइन जोड्न धम्की दिँदै कर्मचारीमाथि कुटपिट भएको शाखा कार्यालयका प्रमुख शत्रुधन यादवले जानकारी दिए। उनका अनुसार इन्चार्ज राजकुमार राई र प्रदीप जिमी यही साउन १५ गते कुटपिट भएको थियो।
कुटपिट गरेको आरोपमा मादी नगरपालिका–४ ओखरबोटका स्थानीय लक्ष्मण लिङ्थेप र हर्कहाङ लिम्बूविरुद्ध इलाका प्रहरी कार्यालय चैनपुरमा मुद्दा दर्ता भएको कार्यालयका प्रहरी निरीक्षक बाबुराम कार्कीले जानकारी दिए। “निजहरूविरुद्ध अभद्र व्यवहार शीर्षकमा मुद्दा दर्ता भएको छ। उजुरी लगत्तै उहाँहरू फरार भएकाले खोजी कार्य भइरहेको छ,” उनले भने।
विद्युत् महसुल नतिरेर लाइन काटिएको विषयमा विवाद हुँदा राई र जिमीमाथि गाली गलौज, हातपात तथा कुटपिट भएको थियो। स्थानीय लिङ्थेपको क्रसर उद्योगले ६ लाख ४० रुपैयाँ बक्यौता नतिरेपछि प्राधिकरणले लाइन काटेको प्रमुख यादवले बताए। कर्मचारीमाथि कुटपिट भएपछि मादीस्थित शाखा कार्यालय गत साउन १५ गतेदेखि बन्द छ।
उक्त कार्यालयमा ६ जना कर्मचारी कार्यरत छन्। शाखा कार्यालय बन्द भएपछि सेवाग्राही मारमा परेका छन्। कर्मचारीमाथि कुटपिट भएपछि अन्य कर्मचारी त्रासमा रहेकाले कार्यालय बन्द गरेर सदरमुकाम आएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
