मनसुनजन्य विपद्मा परी मृत्यु हुनेको संख्या १५० पुग्यो

यही जेठ २८ यताका भएका घटनाबाट चार हजार २१९ घरपरिवार विस्थापित भएका छन्।

फाइल तस्वीर

काठमाडौँ– बाढी, पहिरोलगायत मौसमजन्य विपद्मा परी आजसम्म देशभर १५० जनाको मृत्यु भएको छ। 

विपद्मा परी काठमाडौँ उपत्यकामा तीन, कोशी प्रदेशमा २५, मधेशमा ६, बागमतीमा २९, गण्डकीमा ४२, लुम्बिनीमा २७, कर्णालीमा आठ र सुदूरपश्चिममा १० जनाको मृत्यु भएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ।

विपद्मा ४९ जना बेपत्ता तथा १७७ जना घाइते भएका छन्। विपद्मा फसेका १०८ जनालाई उद्धार गरिएको प्रहरीले जनाएको छ।

बाढीका कारण ३८४ घर डुबानमा परेका छन्। यही जेठ २८ यताका भएका घटनाबाट चार हजार २१९ घरपरिवार विस्थापित भएका छन्।