कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आइतबार विश्वासको मत लिने भएका छन्।
कर्णाली– कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आइतबार विश्वासको मत लिने भएका छन्। मुख्यमन्त्री कँडेलले प्रदेशसभाबाट दोस्रो पटक विश्वासको मत लिन लागेका हुन्।
कँडेल माओवादी केन्द्रको समर्थनमा चैत २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए। उनले वैशाख १३ गते पहिलो पटक विश्वासको मत लिएका थिए।
केन्द्रमा सत्ता समीकरण फेरिएसँगै माओवादी केन्द्र कर्णाली प्रदेश सरकारबाट बाहिरिएको छ भने नेपाली कांग्रेस सरकारमा सहभागी भएको छ। उनी कांग्रेसका सांसदको समर्थनमा विश्वासको मत लिने तयारीमा छन्।
मुख्यमन्त्री कँडेलले शनिबार विश्वासको मत लिने प्रयोजनका लागि पत्र प्रदेशसभा सचिवालयमा दर्ता गराएका छन्। नेपालको संविधानको धारा १८८ को उपधारा (२) बमोजिम आफूलाई विश्वास छ भन्ने स्पष्ट पार्न आवश्यक ठानेकाले विश्वासको मत लिने प्रयोजनका लागि सोसम्बन्धी विषयको प्रस्ताव यही साउन २१ गते राख्ने व्यवस्था मिलाउन प्रदेशसभा सचिवालयलाई परिपत्र गरिएको मुख्यमन्त्री कँडेलले बताए।
कर्णाली प्रदेशसभामा कुल ४० सदस्य छन्। बहुमत देखाउनका लागि २१ सांसदको आवश्यकता पर्छ। कर्णाली प्रदेशसभामा हाल सत्ता साझेदार दल नेपाली कांग्रेसका १४ र नेकपा एमालेका १० गरी २४ सांसद छन्, जुन संख्या मुख्यमन्त्री कँडेलको विश्वासको मतका लागि पर्याप्त हुन्छ।
त्यस्तै, प्रदेशसभामा नेकपा माओवादी केन्द्रका १३, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी र स्वतन्त्रको एक–एक प्रदेशसभा सदस्य रहेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
