माछापुच्छ्रे गाउँपालिका–९ का वडाध्यक्ष हरिबहादुर क्षेत्रीले स्थानीय पर्यटन व्यवसायीले शुक्रबार साँझ मानव अवशेष भेटेको बताए।
कास्की– कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिकामा अवस्थित प्रख्यात मर्दी हिमाल आधार शिविरमा मानव अवशेष फेला परेको छ।
माछापुच्छ्रे गाउँपालिका–९ का वडाध्यक्ष हरिबहादुर क्षेत्रीले स्थानीय पर्यटन व्यवसायीले शुक्रबार साँझ मानव अवशेष भेटेको बताए।
“स्थानीयले अवशेष देखेर खबर गर्नुभएको छ। भौगोलिक रूपमा अत्यन्त विकट भएकाले कसरी ल्याउने भन्नेबारेमा प्रहरी प्रशासन र गाउँपालिकासँग छलफल गरी राखेका छौँ,” वडाध्यक्ष क्षेत्रीले भने। अवशेषसँगै एउटा आइफोनसमेत भेटिएको उनले बताए।
भेटिएको सो अवशेष गत पुस १३ गते मर्दी पदयात्राका क्रममा हाइक्याम्पबाट हराएका स्वीडेनका नागरिक २० वर्षीय मिचल लिउ ब्लोम्बर्ग हुनसक्ने आशंका गरिएको छ। अवशेषसँगै एउटा आइफोनसमेत भेटिएकाले मानव अवशेष उनको हुनसक्ने अनुमान गरिएको वडाध्यक्ष क्षेत्रीको भनाइ छ।
पदमार्गको हाइक्याम्पबाट मर्दी आधार शिविरतर्फ जाने क्रममा हराएका मिचलको त्यसबेला खोजी गरिए पनि फेला परेका थिएनन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
