प्युठान र रोल्पाका अधिकांश भाग तथा गुल्मीको मदाने गाउँपालिका क्षेत्रका स्थानीय आवतजावत गर्ने मार्ग पहिरोका कारण पटक–पटक अवरुद्ध हुँदै आएको छ।
स्वर्गद्वारी– माण्डवी गाउँपालिका–१ गर्जेनीको पहिरोले प्युठान, रोल्पा र गुल्मीका सडकयात्रीले सास्ती भोग्नुपरेको छ। प्युठान र रोल्पाका अधिकांश भाग तथा गुल्मीको मदाने गाउँपालिका क्षेत्रका स्थानीय आवतजावत गर्ने मार्ग पहिरोका कारण पटक–पटक अवरुद्ध हुँदै आएको छ।
दाङ देउखुरीको भालुवाङ–प्युठानको खलंगा, रोल्पाको लिवाङ जोड्ने मुख्य सडक हो। प्युठानी र रोल्पालीका दैनिक जीवनसँग जोडिएको यो सडक पटक–पटक अवरुद्ध हुँदा उनीहरूको दैनिकी प्रभावित भएको छ।
दाङ हुँदै बुटवल, काठमाडौँ, भैरहवा, भरतपुर, नेपालगन्जलगायत स्थानमा उपचारका लागि जाने तथा अन्य कामले विभिन्न स्थानमा जाने यात्री अलपत्र पर्ने गरेका छन्। बर्खा लागेसँगै गर्जेनीमा पहिरो जाँदा बर्सेनि सास्ती खेप्नुपरेको रोल्पा सुनिल स्मृति गाउँपालिका–२ खुंग्रीका मनबहादुर पुनले गुनासो गरे।
भालुवाङ–चकचके खण्डमा पर्ने गर्जेनी, खहरेखोलालगायत स्थानमा निरन्तर पहिरो खस्दा समस्या भएको छ। भालुवाङ–प्युठान सडकअन्तर्गत बडडाँडा–चकचके खण्डमा असार १९ यता २१ पटक बाटो अवरुद्ध भएको छ। सडक डिभिजन कार्यालयका अनुसार २१ पटक गरी कम्तीमा ९१ घण्टा सडक अवरुद्ध भएको छ। एकै पटक धेरै ठाउँमा पहिरो झर्ने समस्याका कारण पहिरोको संख्या भने २१ भन्दा धेरै छ। हिजो शनिबार मात्र गर्जेनीको पहिरो नौ घण्टापछि हटाएर यातायत सञ्चालन गरिएको थियो।
प्युठान नगरपालिका–७ का टीकाराम पोख्रेलले गर्जेनीमा पहिरो गयो कि गएन भनेर समाचार, सूचना हेरेर मात्र यात्रा गर्नुपर्ने बाध्यता रहेको बताए। सडक डिभिजन कार्यालय प्युठानका इन्जिनियर कमल पुनका अनुसार अवरुद्ध सडक सञ्चालनका लागि प्रयास भइरहेको छ।
“सोइलमेलिङ प्रविधिबाट पहिरो रोकथाम गर्न सकिन्छ,” इन्जिनियर पुनले भने, “त्यसका लागि पाँच करोड ५० लाख लाग्ने देखिन्छ, विभागबाट रकम प्राप्त भएको छैन।” कुनै प्रविधि प्रयोग नगरे गर्जेनीले सताइरहने उनले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
